नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पदोन्नति लिएको आरोपमा पूर्व असईविरुद्ध भ्रष्टाचार मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०८२, बुधबार ०७:०३

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पदोन्नति लिएको आरोपमा नेपाल प्रहरी का तत्कालीन प्रहरी सहायक निरीक्षक (असई) मुक्त नारायण श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले श्रेष्ठविरुद्ध बुधबार विशेष अदालत मा आरोपपत्र दायर गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीस्थित सञ्चार शाखामा कार्यरत रहँदा श्रेष्ठले असई पदमा बढुवाका लागि पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली रहेको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा उनले बढुवा प्रयोजनका लागि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली (भारत) बाट जारी भएको देखिने मार्क्स स्टेटमेन्ट र माइग्रेसन सर्टिफिकेट जस्ता नक्कली कागजात पेश गरेको पाइएको आयोगले जनाएको छ।

उक्त नक्कली प्रमाणपत्रका आधारमा असई पदमा पदोन्नति भई उनले हालसम्म नेपाल सरकारबाट निवृत्तिभरणसहित विभिन्न लाभ तथा सुविधा लिएको आरोप लगाइएको छ।

झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी पदोन्नति लिएर लाभ लिएको ठहर गर्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा (१) अनुसार कारबाही तथा सजायको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ।

प्रतिक्रिया