काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल १ करोड ७ लाख २० हजार ५६७ मत गणना भएको छ।
निर्वाचन आयोग ले उपलब्ध गराएको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा धेरै मतसहित अग्रस्थानमा रहेको छ। रास्वपाले हालसम्म ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको जनाएको छ।
त्यसैगरी नेपाली कांग्रेस ले १७ लाख ४५ हजार ९५४, नेकपा (एमाले) ले १४ लाख ४७ हजार ६६४ मत प्राप्त गरेको छ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ले ८ लाख २ हजार ७४३, श्रम संस्कृति पार्टी ले ३ लाख ७८ हजार ४७८ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २९ हजार १९७ मत प्राप्त गरेका छन्।
यसैगरी जनता समाजवादी पार्टी नेपाल ले १ लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टी ले १ लाख ७१ हजार ४४४ तथा जनमत पार्टी ले ७८ हजार ९२७ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ मतगणना अझै जारी रहेको छ।
प्रतिक्रिया