काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम अनुसार पूर्व प्रधानमन्त्रीहरूमध्ये पुष्पकमल दाहाल मात्रै आगामी संसदमा निर्वाचित भएका छन्।
नेपाली कम्युनिष्ट पार्टी का संयोजक दाहाल यसपटक रुकुम पूर्व जिल्ला बाट १० हजार २४० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का उम्मेदवार लीलामणि गौतम ले ३ हजार ४६२ मत प्राप्त गरेका छन्।
२०६४ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका पुष्पकमल दाहाल को अपराजित यात्रा यसपटक पनि कायम रह्यो।
यसपटकको निर्वाचनमा अन्य पूर्व प्रधानमन्त्रीहरू भने पराजित भएका छन् वा चुनावमै सहभागी भएनन्। केपी शर्मा ओली झापा जिल्ला–५ बाट पराजित भएका छन् भने माधव कुमार नेपाल रौतहट जिल्ला–१ मा चौथो स्थानमा सीमित भएका छन्।
त्यसैगरी शेरबहादुर देउवा ले यसपटक निर्वाचन लडेनन् भने बाबुराम भट्टराई र झलनाथ खनाल पनि चुनावी मैदानमा उत्रिएका छैनन्।
राजनीतिक विश्लेषक युग पाठक का अनुसार माओवादीका मूल एजेन्डा कार्यान्वयन हुन नसक्दा पार्टी कमजोर हुँदै गएको देखिन्छ। तर आफ्नो आधार क्षेत्रमा बलियो प्रभावका कारण दाहाल भने निरन्तर निर्वाचित हुँदै आएका छन्।
यसपटकको निर्वाचनपछि पूर्व प्रधानमन्त्रीमध्ये संसदमा प्रतिनिधित्व गर्ने एकमात्र नेता प्रचण्ड रहने भएका छन्।
प्रतिक्रिया