काठमाडौं । गौरादह नगरपालिका का नगरप्रमुख छत्रपति सुवेदी लाई घरमै पुगेर गालीगलौज तथा दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापा जिल्ला का सूचना अधिकारी खगेन्द्रबहादुर खड्का का अनुसार गौरादह नगरपालिका–५ का ३४ वर्षीय भीष्म सिटौला लाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सिटौलाले आइतबार राति नगरप्रमुख सुवेदीको घरमै पुगेर गालीगलौज तथा दुव्र्यवहार गरेका थिए।
पक्राउ परेका सिटौलालाई सोमबार जिल्ला प्रशासन कार्यालय झापा मा उपस्थित गराइएको थियो। त्यहाँबाट मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।









प्रतिक्रिया