काठमाडौँ – कमजोर नतिजापछि नेपाली कांग्रेस भित्र आत्मसमिक्षा, सभापति गगन थापा राजीनामा दिने सोचमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ फाल्गुन २०८२, मंगलवार ०६:५३

काठमाडौँ ।  प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसारको नतिजा हासिल गर्न नसकेपछि नेपाली कांग्रेस भित्र गम्भीर आत्मसमिक्षा सुरु भएको छ।

यसै सन्दर्भमा पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा बीच महत्वपूर्ण छलफल भएको छ। स्रोतका अनुसार नयाँ बानेश्वर मा बेलुकीबाट सुरु भएको दुई नेताबीचको भेटवार्ता रातिसम्म जारी थियो।

छलफलका क्रममा सभापति थापाले पार्टीले कमजोर नतिजा बेहोरेको अवस्थालाई आफूले नैतिक रूपमा लिनुपर्ने भन्दै सभापति पदबाट राजीनामा दिने तयारी व्यक्त गरेका छन्।

“पार्टीको पराजयको जिम्मेवारी म स्वयंले लिनुपर्छ, त्यसैले पद छाड्नु नै उचित हुन्छ,” थापाले छलफलमा धारणा राखेको उपसभापति शर्मा निकट स्रोतले जनाएको छ।

यद्यपि उपसभापति शर्माले भने तत्काल राजीनामा नदिन सभापति थापालाई सुझाव दिएका छन्। उनले निर्वाचन परिणामलाई कुनै एक व्यक्तिको कमजोरीका रूपमा मात्र नभई समग्र राजनीतिक परिस्थिति र पार्टीको सामूहिक अवस्थासँग जोडेर हेर्नुपर्ने बताएका छन्।

शर्माले कांग्रेसको पराजयलाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने उल्लेख गर्दै त्यसको जिम्मेवारी कुनै एक नेता वा कार्यसमितिमाथि मात्र थोपर्नु उचित नहुने धारणा राखेका छन्।

प्रतिक्रिया