खोटाङ जिल्ला मा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ फाल्गुन २०८२, मंगलवार ०६:५०

काठमाडौं ।  प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङ जिल्ला मा समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो बनेको छ।

प्रत्यक्षतर्फ १६ हजार ६१२ मत प्राप्त गर्दै आरेन राई लाई प्रतिनिधिसभा सदस्यमा विजयी गराएका मतदाताले जिल्लामा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टीलाई नै सबैभन्दा बढी मत दिएका हुन्।

समानुपातिकतर्फ जिल्लामा कुल ६३ हजार २५७ मत खसेकोमध्ये श्रम संस्कृति पार्टीले १८ हजार १३७ मत प्राप्त गरेको छ।

त्यसैगरी नेकपा एमाले दोस्रो स्थानमा रहँदै ११ हजार ३८५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेस ले १० हजार ७०५ मत पाउँदै तेस्रो स्थान हासिल गरेको छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ले ८ हजार ८७९ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ।

त्यसपछि नेपाली कम्युनिष्ट पार्टी ले ७ हजार २७४ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टी ले १ हजार २४४ मत प्राप्त गरेको छ।

यस नतिजाले खोटाङमा श्रम संस्कृति पार्टीप्रति मतदाताको समर्थन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा देखिएको स्पष्ट भएको छ।

प्रतिक्रिया