काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सँग नरेन्द्र मोदी ले टेलिफोन संवाद गरेका छन्।
नेपालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले हासिल गरेको ऐतिहासिक सफलतापछि भारतीय प्रधानमन्त्री मोदीले दुवै नेतालाई फोन गरेर बधाई तथा नयाँ सरकार गठनका लागि शुभकामना दिएका हुन्।
टेलिफोन वार्तापछि मोदीले सामाजिक सञ्जाल X (पूर्व ट्विटर) मा लेख्दै भनेका छन्—
“राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग न्यानो टेलिफोन वार्ता भयो। उहाँहरूलाई चुनावी विजय र नेपालको निर्वाचनमा रास्वपाको सानदार सफलताका लागि बधाई दिएँ। आपसी समृद्धि, प्रगति र कल्याणका लागि उहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गर्दछु।”
मोदीले आगामी दिनमा भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास समेत व्यक्त गरेका छन्।
यसअघि पनि मोदीले नेपालमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका थिए। निर्वाचनकै दिन भारतीय विदेश मन्त्रालय ले समेत शान्तिपूर्ण मतदानको स्वागत गर्दै नयाँ बन्ने सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको थियो।
प्रतिक्रिया