काठमाडौं : समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी को फराकिलो अग्रता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०८२, सोमबार ०७:१७

निर्वाचन आयोग नेपाल का अनुसार प्रतिनिधिसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायम राखेको छ।

आज बिहान ७ बजे सम्मको विवरण अनुसार देशभर ७७ लाख ३ हजार १६ मत गणना भइसकेको छ। गणना भएको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले करिब ४८ प्रतिशत मत प्राप्त गरेको छ। अहिलेको ट्रेन्ड हेर्दा उक्त पार्टीको मत ५० प्रतिशतको हाराहारी पुग्न सक्ने देखिएको छ।

दलहरूको हालसम्मको मत परिणाम

1️⃣ राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)

  • मत: ३७,२५,८३४

  • प्रतिशत: ४८.३७%

2️⃣ नेपाली कांग्रेस (रुख)

  • मत: १२,५६,०२१

  • प्रतिशत: १६.३१%

3️⃣ नेकपा एमाले (सूर्य)

  • मत: १०,६४,७१८

  • प्रतिशत: १३.८२%

4️⃣ नेपाली कम्युनिष्ट पार्टी (तारा)

  • मत: ५,४६,१९८

  • प्रतिशत: ७.०९%

5️⃣ राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो)

  • मत: २,६२,०७३

  • प्रतिशत: ३.४०%

6️⃣ श्रम संस्कृति पार्टी (माटो)

  • मत: २,५२,७४०

  • प्रतिशत: ३.२८%

7️⃣ जनता समाजवादी पार्टी नेपाल (छाता)

  • मत: १,१५,०२२

  • प्रतिशत: १.४९%

राष्ट्रिय पार्टी बन्ने सम्भावना

नेपालको कानुन अनुसार देशभर खसेको कुल मतको कम्तीमा ३ प्रतिशत मत ल्याउने दल मात्र राष्ट्रिय पार्टी बन्न सक्छ।

अहिलेसम्मको मत परिणाम हेर्दा

  • रास्वपा

  • नेपाली कांग्रेस

  • एमाले

  • नेपाली कम्युनिष्ट पार्टी

  • राप्रपा

  • श्रम संस्कृति पार्टी

राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिएको छ।

यसपटक मधेश क्षेत्रमा पनि रास्वपाको प्रभाव देखिँदा मधेश केन्द्रित दलहरू कमजोर देखिएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया

Leave a Reply