ग्ल्यामरस स्टाइलमा देखिइन् Khushi Kapoor

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०८२, सोमबार ०६:५७

काठमाडौं ।  दिवंगत बलिउड अभिनेत्री Sridevi र फिल्म निर्माता Boney Kapoor की छोरी तथा Janhvi Kapoor की कान्छी बहिनी Khushi Kapoor ले आफ्नो ग्ल्यामरस स्टाइल र फेसन सेन्सले फ्यानहरूलाई मन्त्रमुग्ध बनाइरहेकी छन्।

२५ वर्षीया खुशी कपूरले हालै आफ्नो इन्स्टाग्राममा रातो र सेतो बिकिनीमा केही आकर्षक तस्बिरहरू सेयर गरेकी छिन्, जुन सामाजिक सञ्जालमा निकै रुचाइएका छन्।

खुशीले बिकिनी टपलाई ज्याकेटसँग स्टाइल गरेकी छन्, जसलाई उनले अगाडिबाट खुला राखेकी छन्। उनले आफ्नो जिन्सलाई पनि बिकिनीसँग मिलाएर फरक स्टाइल स्टेटमेन्ट प्रस्तुत गरेकी छन्। स्मोकी आई मेकअप र ग्लोसी लिपस्टिकले उनको लुक अझ आकर्षक बनेको देखिन्छ।

तस्बिरहरूमा उनले विभिन्न पोज दिएकी छन्—कहिले बसेर, कहिले उभिएर त कहिले सुतेर। उनका यी ग्ल्यामरस तस्बिरहरू अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङ भइरहेका छन्।

उनकी दिदी Janhvi Kapoor ले पनि तस्बिरमा प्रतिक्रिया दिँदै मजाकिया शैलीमा “राम्रो क्याजुअल क्याप्सन” लेखेकी छन्।

खुशी कपूर अहिले बलिउडमा आफूलाई स्थापित गर्ने प्रयासमा छिन्। उनले The Archies बाट अभिनयमा डेब्यू गरेकी थिइन्। त्यसपछि उनी LoveyapaNadaaniyan जस्ता फिल्महरूमा पनि देखिएकी छन्।

प्रतिक्रिया

Leave a Reply