काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ।
निर्वाचन आयोग नेपाल ले आज बिहान ६ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। जारी मतगणनामा रास्वपा १ क्षेत्रमा अग्रस्थानमा रहेको छ।
त्यस्तै नेपाली कांग्रेस ले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ क्षेत्रमा अग्रता कायम गरेको छ।
नेकपा (एमाले) ले ८ स्थानमा विजय हासिल गरेको छ भने १ क्षेत्रमा अगाडि रहेको छ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी ले ७, श्रम संस्कृति पार्टी ले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार ले १–१ स्थानमा विजय हासिल गरेका छन्।
प्रतिक्रिया