डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डा. तारा प्रसाद जोशी डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विजयी भएका छन्। उनले नेपाली कांग्रेस का उम्मेदवार नैनसिंह महर लाई ७ हजार १० मतान्तरले पराजित गर्दै संघीय संसदमा प्रवेश गरेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जोशीले १९ हजार १३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी महरले १२ हजार १२१ मत पाए।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार मानसिंह माल ले ६ हजार ८३४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार चक्रप्रसाद स्नेही ले २ हजार ९२६ मत पाएका छन्।
यस जितसँगै डडेल्धुरामा करिब ३४ वर्षदेखि कायम रहेको नेपाली कांग्रेसको वर्चस्व अन्त्य भएको छ। २०४८ सालदेखि लगातार यस क्षेत्रबाट कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित हुँदै आएका थिए।
तर कांग्रेस सभापतिको पदबाट विस्थापित भएपछि देउवा यसपटक निर्वाचनमा उम्मेदवार बनेनन्। उनको स्थानमा कांग्रेसले युवा नेता नैनसिंह महरलाई उम्मेदवार बनाएको थियो।
महरलाई उल्लेख्य मतान्तरले पराजित गर्दै डा. तारा प्रसाद जोशीले देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको लामो राजनीतिक विरासत तोड्दै संघीय संसदको यात्रा तय गरेका छन्।
प्रतिक्रिया