सुनसरी–१ मा हर्क साम्पाङको अग्रता, गोमा तामाङ ८ हजारभन्दा बढी मतले पछि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ फाल्गुन २०८२, आईतवार ०६:५७

सुनसरी । हर्क साम्पाङ ले सुनसरी–१ मा फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन्। श्रमसंस्कृति पार्टी का तर्फबाट उम्मेदवार बनेका साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गोमा तामाङ (सरिन) लाई ८ हजार १ सय ७० मतले पछि पारेका छन्।

हालसम्मको मतगणनाअनुसार साम्पाङले २१ हजार ५ सय ३९ मत प्राप्त गरेका छन् भने उनकी निकट प्रतिस्पर्धी तामाङले १३ हजार ३ सय ६९ मत ल्याएकी छन्।

यसअघि साम्पाङ धरान उपमहानगरपालिका का मेयर थिए। संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले मेयर पदबाट राजीनामा दिएर श्रमसंस्कृति पार्टी गठन गरेका हुन्।

तामाङ भने यसअघि पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाटै चुनाव लडेकी थिइन् तर पराजित भएकी थिइन्। अहिलेको मतपरिणामले सुनसरी–१ मा साम्पाङको अग्रता उल्लेख्य रूपमा देखिएको छ।

प्रतिक्रिया

Leave a Reply