काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्। शनिबार राति सम्पन्न मतगणनाअनुसार उनले २२,४२६ मत प्राप्त गर्दै प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यलाई ७,७७६ मतको अन्तरले पराजित गरे।
अन्य उम्मेदवारहरूमा श्रम संस्कृति पार्टीका सुदिप राईले १४,४०० मत, रास्वपा का गोकुल बहादुर राईले ७,८१४ मत, र नेपाली कम्युनिष्ट पार्टीका ओम बहादुर गुरुङ्गले १,१७२ मत प्राप्त गरेका छन्।
मत परिणामको अन्तिम विवरण यस प्रकार छ:
सुहाङ नेम्वाङ (एमाले) – २२,४२६ मत
भेषराज आचार्य (नेपाली कांग्रेस) – १४,६५० मत
सुदिप राई (श्रम संस्कृति पार्टी) – १४,४०० मत
गोकुल बहादुर राई (रास्वपा) – ७,८१४ मत
ओम बहादुर गुरुङ्ग (नेपाली कम्युनिष्ट पार्टी) – १,१७२ मत
यस जितसँगै नेकपा एमालेले इलाम–२ क्षेत्रको आफ्नो प्रभाव कायम राख्न सफल भएको छ।
प्रतिक्रिया