काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवा सुरक्षित रूपमा उद्धार गरिएको छ ।
काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ प्रविधि प्रयोग गरी चितुवालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार चितुवा घरभित्र प्रवेश गर्दै स्थानीय अनोजमणि अधिकारीको घरमा दुई जनालाई आक्रमण गरेको थियो । आक्रमणमा परेका दुलाल महर्जन र मायानाथ वाग्लेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
प्रहरी र वन कार्यालयको संयुक्त प्रयासमा चितुवा उद्धार भए पनि स्थानीयबासीमा सतर्कता अपनाउन अपील गरिएको छ ।
प्रतिक्रिया