काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदी मा खस्दा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका अन्तर्गत चरौदी नजिकैको चाइनाधाराबाट सोमबार बिहान करिब १ बजे ग२ख १४२१ नम्बरको बस नदीमा खसेको हो । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
जिल्ला ट्राफिक कार्यालय धादिङ का प्रमुख शिशिर थापा का अनुसार मृत्यु हुनेको संख्या १८ पुगेको छ । घाइते २५ जनालाई उपचारका लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समिति का अध्यक्ष राजकुमार ठकुरी ले जानकारी दिएका छन् ।
दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीयवासीले संयुक्त रूपमा उद्धार कार्य गरिरहेका छन् । घटना रातिको समयमा भएकाले उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सम्बन्धित निकायले जनाएको छ ।
प्रतिक्रिया