नुवाकोटमा कांग्रेसको दाबी : डा. प्रकाशशरण महत ५ हजारभन्दा बढी मतले विजयी हुने घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०८२, आईतवार ०७:०७

काठमाडौँ : नेपाली कांग्रेस नुवाकोटअन्तर्गत तादी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, लिखुँ गाउँपालिका तथा ककनी गाउँपालिका–काठमाडौं सम्पर्क समितिले संयुक्त रूपमा आयोजना गरेको भेलामा पार्टीका नेताहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको प्रभावशाली जित हुने घोषणा गरेका छन्।

भेलामा बोल्दै नेताहरूले नुवाकोटका सबै पालिकामा कांग्रेसको पक्षमा जनलहर बढिरहेको दाबी गरे। उनीहरूले प्रतिनिधिसभा उम्मेदवार डा. प्रकाशशरण महत ५ हजारभन्दा बढी मतले विजयी हुने उद्घोषसमेत गरेका छन्।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै डा. महतले नुवाकोटको विकास, सुशासन र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताए। “नुवाकोटको समग्र विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र कृषि आधुनिकीकरण हाम्रो प्राथमिकता हो,” उनले भने, “जनताको विश्वास र समर्थनले हामीलाई स्पष्ट विजय दिलाउनेछ।”

भेलामा सहभागी स्थानीय नेताहरूले डा. महतको अनुभव, स्पष्ट दृष्टिकोण र राष्ट्रिय नेतृत्वसँगको समन्वय क्षमताका कारण नुवाकोटमा सानदार जित सुनिश्चित भएको दाबी गरे।

तादी, पञ्चकन्या, लिखुँ र ककनीका प्रतिनिधिहरूले गाउँगाउँमा कांग्रेसप्रति उत्साह बढेको उल्लेख गर्दै यसपटकको निर्वाचनमा ऐतिहासिक मतान्तरसहित विजय हासिल हुने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमले नुवाकोटमा कांग्रेसको संगठन थप सुदृढ भएको र निर्वाचन अभियानलाई तीव्रता दिने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया

slot gacor