नुवाकोटमा नेकपा (एमाले) प्रवेशको लहर : दुप्चेश्वर, राउतबेशी र करेजुङमा दर्जनौँ नेता–कार्यकर्ता आवद्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०८२, आईतवार ०६:५५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा विभिन्न स्थानमा पार्टी प्रवेश कार्यक्रमलाई तीव्र बनाएको छ।

नुवाकोट जिल्लाको दुप्चेश्वर, राउतबेशी, समुन्द्वाटार तथा करेजुङ क्षेत्रमा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। स्थानीयस्तरमा आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई प्रतिनिधिसभा उम्मेदवार बद्री मैनाली लगायतका नेताहरूले स्वागत गरेका थिए।

नवप्रवेशीहरूले देशमा राजनीतिक स्थिरता, विकास र समृद्धिको लक्ष्यसहित एमाले रोजेको बताएका छन्। कार्यक्रममा सम्बोधन गर्दै पार्टी प्रतिनिधिहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरे।

पार्टी प्रवेश गर्नेहरूमा स्थानीय राजनीतिक व्यक्तित्व, युवाहरू तथा समाजसेवीहरू समेत रहेको जनाइएको छ। एमालेले यस्ता कार्यक्रमले संगठनलाई अझ सुदृढ बनाउने र निर्वाचनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply