सार्वजनिक बिदामा पनि खुला रहनेछ राहदानी विभाग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०८२, बुधबार ०६:४५

काठमाडौँ ।  सार्वजनिक बिदाका दिनसमेत राहदानी विभागले सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि दुवै दिन कार्यालय खुला रहने जनाएको छ।

सरकारले आज ग्याल्पो ल्होछार तथा भोलि प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ।

विभागका अनुसार दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा उपलब्ध हुनेछ। आज राहदानी वितरण सेवा प्रदान गरिनेछ भने बिहीबार राहदानी आवेदन फाराम सङ्कलन गरिने जनाइएको छ।

अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले सार्वजनिक बिदाको दिनसमेत कार्यालय सञ्चालन गरिने विभागले स्पष्ट पारेको छ।

प्रतिक्रिया

Leave a Reply