कांग्रेस कहिल्यै पुरानो हुँदैन : डा. प्रकाशशरण महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०८२, मंगलवार ०६:४२

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस कहिल्यै पुरानो नहुने बताएका छन्।

बेल्कोटगढी नगरपालिका–वाकोट फाँटापौवामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको पक्षमा निरन्तर काम गर्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गरे।

उनले भने, “नयाँ पार्टी त कुन दुलोबाट आउँछ, कहाँ हराउँछ थाहै हुँदैन। हाम्रा अन्य प्रतिस्पर्धी दलले पनि गर्न सक्दैनन्। म अर्थमन्त्री हुँदा धेरै बजेट नुवाकोटमा ल्याएको हो। मैले धेरै लग्यो भनेर आलोचना पनि भएको थियो।”

महतले अहिलेको निर्वाचन सामान्य नभएको उल्लेख गर्दै पार्टी एकताबद्ध भएर मैदानमा उत्रिएको जिकिर गरे। “अहिलेको चुनाव सामान्य होइन, त्यसैले कांग्रेस एकजुट भएर अघि बढेको छ। नुवाकोटमा पनि एकजुट हुन्छन् नै। हामी एक छौँ, दुवै क्षेत्र जित्छौँ। कुनै दुबिधा राख्न जरुरी छैन। जनताको दुःख–सुखमा उभिने पार्टी पनि कांग्रेस हो,” उनले भने।

उनले नयाँ भनेर स्थापित हुन खोजिरहेका दलहरू सामाजिक सञ्जालमै सीमित रहेको टिप्पणीसमेत गरे।

प्रतिक्रिया

Leave a Reply