काठमाडौँ । सुरज खड्का, कागेश्वरी–मनोहरा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुरज खड्काले स्थानीय जनप्रतिनिधीको काम–कार्य देखाएर मात्र जनतामा विश्वास र भरोसा कायम गर्न सकिने बताएका छन्।
अध्यक्ष खड्काले भने, “कांग्रेसका जनप्रतिनिधीहरूले गरेका विकास र सामाजिक कल्याणका कामहरू देखाएर मात्र हामी छाती फुलाएर जनता माझ गएर भोट माग्न सक्छौं। जनताको सेवा हाम्रो प्राथमिकता हो र कामले नै मतदातासँगको सम्बन्ध बलियो बनाउँछ।”
उहाँले वडा नं. २ मा सञ्चालन भइरहेका सडक, स्वास्थ्य, शिक्षा र सामाजिक विकासका कार्यक्रमहरूको उदाहरण दिंदै, निर्वाचनको समयमा विकासका वास्तविक कामहरू प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। अध्यक्ष खड्काले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म कांग्रेसका प्रतिनिधीले जनताको जीवनस्तर सुधारमा निरन्तर काम गर्दै आएको र आगामी निर्वाचनमा त्यसको प्रभाव प्रत्यक्ष देखिने बताए।
वडा कार्यालयले आगामी दिनमा पनि नागरिक सेवा, पूर्वाधार विकास र सामाजिक कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै काम गर्ने योजना रहेको जानकारी दिएको छ।













प्रतिक्रिया