टोखा–१ मा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम र शुभकामना आदान–प्रदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०८२, सोमबार ०८:०६

काठमाडौँ ।  टोखा नगरपालिका वडा नं. १ले बृहत ल्होछार सांस्कृतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा विभिन्न जातजाति, समुदाय र उमेर समूहका स्थानीयबासीले सांस्कृतिक गीत, नृत्य र परम्परागत कर्मकाण्ड प्रस्तुत गर्दै नयाँ वर्षको शुभकामना आदान–प्रदान गरे। कार्यक्रमले परम्परा जगेर्ना गर्नुका साथै सामाजिक एकता र सहिष्णुतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो।

नगर प्रमुख प्रकाश अधिकारीले कार्यक्रममा सहभागी सबैलाई ल्होछारको हार्दिक शुभकामना व्यक्त गर्दै भने, “नयाँ वर्षले हामी सबैका लागि स्वास्थ्य, समृद्धि र शान्ति ल्याओस्। सांस्कृतिक धरोहर जगेर्ना गर्दै समाजमा सद्भाव र मेलमिलाप कायम रहोस्।”

उप–प्रमुख मुरारी तामाङले पनि ल्होछारको महत्व र सांस्कृतिक सम्पदाको संरक्षणको आवश्यकता औँल्याउँदै सबैमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभयो। उहाँले भने, “परम्परा र संस्कृति हाम्रो पहिचान हुन्। नयाँ वर्षको अवसरमा एक–अर्कामा माया, सद्भाव र सहयोगको भावना फैलाउन सबैलाई आग्रह गर्दछु।”

कार्यक्रममा स्थानीयबासीले ल्होछार परम्पराअनुसार भोजन, पूजा, र शुभकामना आदान–प्रदान गरी उल्लासपूर्ण वातावरण सिर्जना गरेका थिए। टोखा–१ वडा कार्यालयले आगामी दिनमा पनि यस प्रकारका सांस्कृतिक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply