नुवाकोटमा वडाध्यक्षसहित दर्जनौं एमाले प्रवेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०८२, सोमबार ०७:२८

नुवाकोट ।  दुप्चेश्वर गाउँपालिका–१, ग्याङफेदीका निर्वाचित वडाध्यक्ष सीताराम तामाङले नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।

एमाले प्रवेश गर्दै उनले करिब पाँच सयभन्दा बढी समर्थक र कार्यकर्ता पनि एमालेमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तत्कालिन माओवादी एवं नेकपाका नेताहरूले विगत दुई निर्वाचनमा नुवाकोटमा उल्लेखनीय काम नगरेको आरोप तामाङले लगाएका छन्। उनले आगामी निर्वाचनमा नुवाकोट–१ बाट एमाले उम्मेदवार बद्री मैनालीलाई जिताउने प्रतिबद्धतासहित पार्टी प्रवेश गरेको बताए।

एमाले प्रवेश कार्यक्रममा मैनालीले पार्टीको झण्डा र चुनाव चिन्ह हस्तान्तरण गर्दै तामाङलाई स्वागत गरेका थिए। यसैगरी, दुप्चेश्वरबाट जेनजी पुस्ताका राजेश तामाङ पनि एमाले प्रवेश गरेका छन्।

प्रतिक्रिया

Leave a Reply