टोखा–९ मा सडक ढलानको निरीक्षण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०८२, सोमबार ०७:२४

काठमाडौं । टोखा नगरपालिका वडा नं. ९ मा निर्माण सम्पन्न भएको सडक ढलान कार्यको नगर प्रमुख प्रकाश अधिकारीले निरीक्षण गर्नुभएको छ।

निरीक्षणका क्रममा मेयर अधिकारीले सडकको गुणस्तर, ढल निकास व्यवस्था तथा निर्माण मापदण्डबारे स्थलगत अनुगमन गर्नुभएको थियो। उहाँले निर्माण कार्य तोकिएको मापदण्डअनुसार भएको/नभएको विषयमा प्राविधिक टोलीसँग छलफल गर्दै आवश्यक सुधार गर्न निर्देशन दिनुभएको बताइएको छ।

स्थानीयवासीले सडक ढलान सम्पन्न भएसँगै आवागमन सहज भएको बताएका छन्। नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै विभिन्न वडामा सडक स्तरोन्नति र ढल व्यवस्थापनका कामलाई तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया

slot gacor