काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न महाशाखा, शाखा तथा वडा कार्यालयहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जनस्वास्थ्य, शिक्षा, जनसंख्या तथा सामाजिक समावेशीकरण, आर्थिक विकास, विपद् व्यवस्थापन, आर्थिक प्रशासन, प्रशासन तथा सूचना प्रविधि, योजना तथा पूर्वाधार विकासलगायत क्षेत्रका जिम्मेवार पदाधिकारीहरूले आ–आफ्नो क्षेत्रगत प्रगति प्रस्तुत गरेका थिए।
प्रस्तुतिहरूमा स्वास्थ्य सेवा विस्तार, शिक्षा तथा युवा कार्यक्रम, सामाजिक सुरक्षा, कृषि तथा उद्योग प्रवर्द्धन, वातावरण संरक्षण, राजश्व व्यवस्थापन, सुशासन तथा सार्वजनिक सम्पत्ति संरक्षणका विषयमा विस्तृत समीक्षा गरिएको थियो।
नगर अस्पतालको सेवा विस्तार, वडा कार्यालयहरूको कार्यसम्पादन तथा विभिन्न विषयगत कार्यक्रमहरूको प्रभावकारिताबारे सहभागीबीच अन्तरक्रियात्मक छलफलसमेत भएको थियो। सम्बन्धित समितिका संयोजक तथा महाशाखा प्रमुखहरूले सत्रहरूको अध्यक्षता गर्दै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
नगरपालिकाले समन्वयात्मक ढंगले विकास गतिविधि अगाडि बढाउने, पूर्वाधार निर्माणलाई तीव्रता दिने तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको जनाएको छ।
प्रतिक्रिया