काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा करार इन्जिनियर पदमा कार्यरत सुबास बिष्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार बिष्टले १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ बराबरको अनियमितता गरेको भन्दै सोही रकम बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।
सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी वैधानिक आयभन्दा बढी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि गरिएको अनुसन्धानबाट बिष्टको उक्त रकम बराबरको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।
आयोगले २०७६ फागुन १ गतेदेखि २०८१ साउन १४ गतेसम्मको अवधिमा आर्जित सम्पत्तिको अनुसन्धान गरेको थियो ।
यस्तै, गैरकानुनी सम्पत्ति प्रयोगमा संलग्न रहेको देखिएको भन्दै बिष्टका बुबा सुदर्शन विष्टलाई समेत सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।













प्रतिक्रिया