काठमाडौं । राष्ट्रियसभाबाट चलचित्र विधेयक–२०८१ सर्वसम्मत रूपमा पारित भएको छ ।
बुधबार बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पेस गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
विधेयक पारित हुनु अघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित चलचित्र विधेयकमाथि विस्तृत छलफल भएको थियो । छलफलका क्रममा समितिका सभापति तुलसा कुमारी दाहालले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गरेकी थिइन् ।
बैठकमा राष्ट्रियसभामा आफ्नो ६ वर्षे कार्यकाल सकिन लागेका सदस्यहरूले यस अवधिमा गरेका काम, अनुभव र योगदानबारे धारणा राखेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक फागुन १ गते शुक्रबार बस्ने तय भएको छ ।
प्रतिक्रिया