कागेश्वरी–मनोहरा नगरपालिकामा महिला पाठेघर मुख क्यान्सर विरुद्धको HPV खोप कार्यक्रम सुरु हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०८२, बुधबार ०७:४८

कागेश्वरी। मनोहरा नगरपालिका । आगामी माघ २७ देखि फागुन ८ गतेसम्म महिला पाठेघरको मुखको क्यान्सर विरुद्ध HPV खोप कार्यक्रम सञ्चालन हुने भएको छ।

नगरपालिकाका अनुसार, यस कार्यक्रमअन्तर्गत विद्यालय जाने ६ कक्षाका छात्रा, विद्यालय नजाने १० वर्षका किशोरी, साथै गत वर्ष छुट भएका विद्यालय जाने ७–१० कक्षाका छात्रा र विद्यालय नजाने ११–१४ वर्षका किशोरीहरूलाई खोप प्रदान गरिनेछ।

खोप सेवा विद्यालयमा रहेका खोप केन्द्रहरू वा नजिकको स्वास्थ्य संस्था मार्फत प्रदान गरिने जानकारी नगरपालिकाले दिएको छ।

नगरप्रमुख उपेन्द्र कार्कीले भने,

“महिला स्वास्थ्य र क्यान्सर रोकथाम हाम्रो प्रमुख प्राथमिकता हो। यस कार्यक्रमले किशोरीहरूको स्वास्थ्य सुरक्षा र भविष्यको रोग जोखिम कम गर्न महत्वपूर्ण योगदान दिनेछ। सबै लक्षित समूहका किशोरीहरूले समयमै खोप लिनुपर्नेछ।”

नगरपालिकाले अभिभावकहरूलाई पनि आफ्ना छोरीलाई निर्धारित समयमा खोप केन्द्रमा लग्न आग्रह गरेको छ।

प्रतिक्रिया

slot gacor