बुढानीलकण्ठ–२ र १३ मा नया बस्ती–रुद्रमती खोला मामा भांजा पुलको ढलान सम्पन्न, स्थानीय जनतालाई आवत–जावतमा सहजता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०८२, बुधबार ०७:३८

बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. २ र १३ । बुढानीलकण्ठ नगरपालिका वडा नं. २ र १३ को नया बस्ती–रुद्रमती खोला क्षेत्रमा रहेको मामा–भांजा पुलको ढलान कार्य सम्पन्न भएको छ।

उक्त पुलको निर्माणले स्थानीय बासिन्दालाई आवत–जावतमा सहजता प्रदान गरेको छ भने वडावासीले दैनिक जीवनका कार्यहरू सरल रूपमा गर्न सक्षम भएका छन्। पुल निर्माणमा वडा नं. २ का अध्यक्ष राजेन्द्र श्रेष्ठको निरन्तर पहल, योजना र अनुगमन रहेको स्थानीय बासिन्दाले जनाएको छ।

कार्यक्रममा वडावासीहरूले पुल निर्माणको महत्व र वडाध्यक्ष श्रेष्ठको योगदानको प्रशंसा गरे। वडा नं. २ का अध्यक्ष राजेन्द्र श्रेष्ठले पुल निर्माणको पहल गर्दा स्थानीय जनतालाई लामो समयदेखिको समस्या समाधान भएको बताए।

त्यस्तै, वडा नं. १३ का अध्यक्ष टीका नारायण श्रेष्ठको निरन्तर प्रयास र स्थानीय बासिन्दाको सहयोग तथा बजेट व्यवस्थापनमार्फत पुल निर्माण कार्य सफल भएको स्थानीयवासीले बताए। वडा नं. १३ का वडावासीहरूले पुल निर्माणमा भएका उत्कृष्ट कामको प्रशंसा गर्दै अध्यक्ष श्रेष्ठको योगदानलाई विशेष सम्मान गरे।

स्थानीयवासीले दुबै वडाध्यक्षको सक्रिय नेतृत्व र समन्वयको माध्यमबाट परियोजना समयमै सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै पुलले भविष्यमा पनि जनताको दैनिक आवत–जावतमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

slot gacor