प्रधानमन्त्री कार्कीले निर्वाचन सहयोगका लागि भारतलाई धन्यवाद दिइन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०८२, बुधबार ०७:११

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सहज रूपमा सम्पन्न गर्न छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिएकी छन् ।

मंगलबार प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा भेटेकी थिइन् । भेटमा उनले निर्वाचनका लागि उपलब्ध गराइएको सवारी साधन र अन्य आवश्यक सामग्रीप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।

भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सधैं साथ रहने र मित्रवत् छिमेकीको नाताले सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताए । साथै उनले भने, “निर्वाचनपछि नेपालको हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्वपूर्ण हुनेछ।”

प्रतिक्रिया