उज्यालो नेपाल पार्टीका उम्मेदवार जे.वि. दीपक अधिकारीद्वारा काठमाडौं–४ का एजेन्डा सार्वजनिक, अध्यक्ष कुलमान घिसिङको दाबी– “उज्यालो नेपाल पहिलो पार्टी बन्छ”

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ माघ २०८२, मंगलवार ०७:४७

काठमाडौँ । उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङको उपस्थितिमा काठमाडौं क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जे.वि. (दीपक) अधिकारीले आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन्।

काठमाडौँको एक स्मार्ट होटलमा आयोजित पत्रकार–उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै अधिकारीले सुशासन, समृद्धि र सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई केन्द्रमा राखेर आफ्ना स्पष्ट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

 जे.वि. दीपक अधिकारीका प्रमुख एजेन्डा

उम्मेदवार अधिकारीले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौं–४ लाई नमुना निर्वाचन क्षेत्र बनाउने लक्ष्य लिएको उल्लेख गर्दै निम्न एजेन्डाहरू अघि सारे—

१. शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच

  • सामुदायिक विद्यालयको गुणस्तर सुधार

  • सरकारी स्वास्थ्य संस्थामा सेवा विस्तार

  • वृद्ध, अपाङ्ग र विपन्नका लागि निःशुल्क स्वास्थ्य सुविधा

२. रोजगारी र युवा केन्द्रित कार्यक्रम

  • स्थानीय स्तरमै रोजगारी सिर्जना

  • सीपमूलक तथा उद्यमशीलता तालिम

  • विदेश पलायन रोक्ने दीर्घकालीन नीति

३. सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता

  • सार्वजनिक खर्चमा पारदर्शिता

  • दलाल र विचौलियाविरुद्ध कडा कानुनी पहल

  • जनप्रतिनिधिको सम्पत्ति सार्वजनिक गर्ने व्यवस्था

४. पूर्वाधार र स्मार्ट विकास

  • स्मार्ट सडक, ढल र खानेपानी व्यवस्थापन

  • डिजिटल सेवा विस्तार

  • सुरक्षित र व्यवस्थित शहरी विकास

५. सुखी नेपाली–समुन्नत नेपाल

  • नागरिकको जीवनस्तर उकास्ने नीति

  • सामाजिक न्याय र समान अवसर

  • राज्यले नागरिकलाई सेवा दिने संस्कारको विकास

कार्यक्रममा बोल्दै अधिकारीले भने,

“राजनीति सेवा हो, सत्ता होइन। म जनताको प्रतिनिधि भएर जनताकै आवाज संसदमा पुर्‍याउन आएको हुँ।”

 अध्यक्ष कुलमान घिसिङको घोषणाः “उज्यालो नेपाल पहिलो पार्टी बन्छ”

कार्यक्रमलाई सम्बोधन गर्दै उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले देशमा अब नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको बताउँदै उज्यालो नेपाल पार्टी आगामी निर्वाचनपछि पहिलो पार्टी बन्ने दाबी गरे।

घिसिङले भने,

“अब जनता पुराना दलका खोक्रा नाराबाट दिक्क भइसकेका छन्। उज्यालो नेपाल पार्टी इमानदार नेतृत्व र काम गर्ने संस्कारसहित आएको छ। हामी पहिलो पार्टी बन्छौं।”

उनले मतदातालाई पुराना अभ्यास त्यागेर नयाँ विकल्प रोज्न आह्वान गर्दै उज्यालो नेपाल पार्टीलाई मतदान गर्न आग्रह गरे।

 जनताप्रति अध्यक्ष घिसिङको प्रतिबद्धता

  • भ्रष्टाचारमुक्त शासन प्रणाली

  • युवालाई नेतृत्वमा ल्याउने नीति

  • विकासको लाभ सबै वर्गमा पुर्‍याउने योजना

  • राष्ट्रहितभन्दा माथि कुनै स्वार्थ नराख्ने संकल्प

अध्यक्ष घिसिङले थपे,

“हामी पदका लागि होइन, परिवर्तनका लागि राजनीतिमा आएका हौं। उज्यालो नेपाल भनेको आशा हो, विश्वास हो र भविष्य हो।”

 लोकतान्त्रिक अभ्यासको उदाहरण

पत्रकार भेटघाट कार्यक्रममा खुला प्रश्नोत्तर, विचार आदान–प्रदान र समसामयिक राजनीतिक विषयमा स्पष्ट धारणा राखिएको थियो। उज्यालो नेपाल पार्टीले यस्ता संवादलाई लोकतन्त्रको आधार मानेर निरन्तर अघि बढ्ने जनाएको छ।

कार्यक्रममा सञ्चारकर्मी, बुद्धिजीवी र पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

भर्खरै