काठमाडौँ । नवलपरासी पश्चिमस्थित महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको नाममा रहेको एक विगहा १० कठ्ठा १० धुर जग्गाबाट कुनै निर्णय नगरी ५ फिट गहिरो माटो निकालेर करिब १० लाख ८ हजार ७०३ रुपैयाँ बराबरको माटो बेचबिखन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको जनाएको छ।
अख्तियारका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र रामग्राम नगरपालिका–४ का दिनेश यादव विरुद्ध मिलेमतोमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अभियोग लगाउँदै १० लाख ८ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरिएको हो।
आयोगले यस प्रकरणमा विद्यालयको सम्पत्तिमा गैरकानुनी रूपमा क्षति पुर्याइएको भन्दै कानुनबमोजिम कारबाहीको माग गरेको छ।
प्रतिक्रिया