यूएनकी नयाँ आवासीय प्रतिनिधि लिला पिटर्स याहियाद्वारा प्रधानमन्त्री सुशीला कार्की समक्ष प्रमाणपत्र पेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ माघ २०८२, मंगलवार ०७:१०

काठमाडौं । नेपालका लागि नियुक्त संयुक्त राष्ट्रसंघ (यूएन) की नयाँ आवासीय प्रतिनिधि (यूएनआरसी) लिला पिटर्स याहियाले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन्।

प्रमाणपत्र प्रस्तुत गरेपछि याहियाले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट पनि गरेकी थिइन्। उक्त अवसरमा प्रधानमन्त्री कार्कीले याहियालाई नेपालमा स्वागत गर्दै नयाँ जिम्मेवारीका लागि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन्।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले नेपालको सामाजिक–आर्थिक रूपान्तरणका प्रयासमा संयुक्त राष्ट्रसंघले दीर्घकालीन विकास साझेदारका रूपमा पुर्‍याउँदै आएको सहयोगप्रति आभार प्रकट गरिन्। साथै, आगामी दिनमा नेपाल–संयुक्त राष्ट्रसंघबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया