जेनजी आन्दोलन छानबिन आयोगको म्याद २५ दिन थप, प्रतिवेदन चुनावअघि नआउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ माघ २०८२, मंगलवार ०७:०१

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगको कार्यकाल थप गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको म्याद २५ दिन थपिएको जानकारी दिएका छन्।

म्याद थपिएसँगै आयोगको प्रतिवेदन फागुन २१ गते हुने निर्वाचनअघि सार्वजनिक नहुने निश्चित भएको छ।

उक्त आयोगको म्याद यसअघि पनि दुई पटक थप भइसकेको छ। पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले एक महिना म्याद थप गरेको थियो भने माघ ८ गते २० दिनको म्याद थपिएको थियो। यसपटक तेस्रो पटक म्याद थप गरिएको हो।

सरकारले गत असोज ५ गते जेनजी आन्दोलनका क्रममा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।

पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। आयोगको कार्यकाल सुरुमा तीन महिनाका लागि तोकिएको थियो।

प्रतिक्रिया

Leave a Reply

भर्खरै