काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रास्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का उम्मेदवार तेज कुमार कुरूम्बाङ्ग आफ्नो जिल्लामा विकास र जनहितमा निरन्तर योगदान पुर्याउँदै आएका छन्।
जिल्लाभर युवा देखि वृद्धसम्म भेटघाट गर्दै आएको, सक्रिय र कर्मठ उम्मेदवारले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी सृजनामा विशेष ध्यान दिएका छन्। उनले आफ्नो निर्वाचन अभियानमा भनेका छन्,
“जनताको सहयोग र सहभागितामा मात्र समृद्धि सम्भव छ। हामी सबै मिलेर आफ्नो जिल्लालाई नयाँ उचाइमा पुर्याउन सक्छौं।”
उनले स्थानीयवासीलाई ‘हलो’ चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी बनाऔं भन्ने सन्देशमार्फत मतदानमा सशक्त सहभागिताको आह्वान गरेका छन्।
कुरूम्बाङ्गको अभियानले पारदर्शिता, मेहनत र जनहितलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ। उनका समर्थकहरू उनलाई विकास र सुधारका लागि योग्य उम्मेदवारको रूपमा हेरिरहेका छन्।
उम्मेदवार तेज कुमार कुरूम्बाङ्गको नेतृत्वमा आगामी निर्वाचनले जिल्लामा समग्र विकास र जनताको सशक्तिकरणमा योगदान पुर्याउने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्।
प्रतिक्रिया