बुढानिलकण्ठ–७ मा स्टक मार्केट तालिम सञ्चालन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०८२, सोमबार ०७:४४

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ को आयोजनामा वडावासीहरूलाई लक्षित गरी स्टक मार्केट सम्बन्धी तालिम कार्यक्रम सञ्चालन हुने भएको छ।

तालिममा शेयर बजारबारे आधारभूत ज्ञान र सीप विकास गर्ने उद्देश्य राखिएको छ। इच्छुक वडावासीहरूले आवश्यक कागजातसहित मिति २०८२/११/१३ भित्र कार्यालय समयभित्र आवेदन पेश गर्न सक्नेछन्।

आवेदनका लागि आवश्यक कागजातहरू:

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

  • पासपोर्ट साइज फोटो २ प्रति

विशेष प्राथमिकता: १६–३५ वर्ष उमेर समूहका व्यक्तिहरू

तालिममा सहभागी हुन इच्छुक सम्पूर्ण वडावासीहरूले समयमै आवेदन दिनु हुन वडा कार्यालयले हार्दिक अनुरोध गरेको छ। थप जानकारीका लागि वडा कार्यालयमा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया

slot gacor