वरिष्ठ कलाकार सुनील थापाको पशुपति आर्यघाटमा अन्तिम संस्कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०८२, सोमबार ०७:२३

काठमाडौँ । वरिष्ठ कलाकार सुनील थापाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। सिनेमा क्षेत्रका व्यक्तित्व तथा सर्वसाधारणको ठूलो उपस्थितिमा उनको अन्तिम संस्कार गरिएको हो।

अन्तिम संस्कारका क्रममा थापाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मानपूर्वक अन्तिम बिदाइ गरिएको थियो।

यसअघि आइतबार चलचित्र विकास बोर्डमा थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। उक्त अवसरमा ठूलो संख्यामा कलाकर्मी तथा सर्वसाधारण उपस्थित भई उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

उनको परिवार मुम्बईमा बस्दै आएको भए पनि अन्तिम संस्कारका लागि काठमाडौँ आएका थिए।

थापाको शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा ६८ वर्षको उमेरमा निधन भएको थियो। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया

Leave a Reply