काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।
बोर्डका अनुसार एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ। तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यसपछि चैत २० गते अनिवार्य नेपाली, चैत २२ गते अनिवार्य गणित, चैत २३ गते अनिवार्य विज्ञान र चैत २४ गते अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा सञ्चालन गरिनेछ।
एसईई परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।
गत वर्ष चैत ७ गतेदेखि सुरु भएको एसईई परीक्षा यस वर्ष १२ दिन ढिलो गरी सञ्चालन हुन लागेको हो।

प्रतिक्रिया