युट्युबको ‘ब्याकग्राउन्ड प्लेब्याक’ प्रतिबन्धको चुनौती: ब्रेभ ब्राउजरले ल्यायो नयाँ अपडेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०८२, आईतवार १८:१७

काठमाडौँ । गुगलको स्वामित्वमा रहेको भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले प्रिमियम सदस्य नभएका प्रयोगकर्ताका लागि ‘ब्याकग्राउन्ड प्लेब्याक’ फिचरमा कडाइ गरेपछि प्रविधि जगतमा नयाँ तरंग पैदा भएको छ। युट्युबले हालै आफ्नो नीतिमा परिवर्तन गर्दै मोबाइल ब्राउजरमा ‘ब्याकग्राउन्ड प्ले’ फिचर ब्लक गरिदिएको छ।

यो फिचरमार्फत प्रयोगकर्ताले ब्राउजर एप बन्द गर्दा वा मोबाइलको स्क्रिन अफ हुँदा पनि भिडिओको आवाज सुन्न सक्थे। तर गुगलले यो सुविधा केवल युट्युब प्रिमियम सदस्यका लागि मात्र राख्ने निर्णय गरेको छ। गुगलका प्रवक्ताले एन्ड्रोइड अथोरिटीलाई भनेका छन्,

“ब्याकग्राउन्ड प्लेब्याक प्रिमियम सदस्यका लागि मात्र लक्षित फिचर हो। यसअघि केही गैरप्रिमियम प्रयोगकर्ताले मोबाइल ब्राउजरमार्फत यसमा एक्सेस पाएका थिए, तर अब हामीले सबै प्लेटफर्ममा एकरूपता ल्याउन यो अनुभवलाई अपडेट (ब्लक) गरेका छौँ।”

गुगलको निर्णयपछि गोपनीयतामा आधारित ब्रेभ ब्राउजरले नयाँ अपडेट मार्फत यो प्रतिबन्धलाई बाइपास गर्ने तरिका सार्वजनिक गरेको छ। अब ब्रेभ ब्राउजर अपडेट गरेपछि प्रयोगकर्ताले ‘ब्याकग्राउन्ड प्ले’ फिचर प्रयोग गर्न सक्नेछन्।

यदि तपाईंको मोबाइलमा ब्याकग्राउन्ड प्ले चलेको छैन भने तलको प्रक्रिया अपनाउन सक्नुहुन्छ:

  1. ब्राउजरको Settings मा जानुहोस्।

  2. Shields & Privacy’ भित्र रहेको ‘Content Filtering’ मा गएर Update वा Update Lists बटन थिच्नुहोस्।

  3. पुनः Settings मा गएर ‘Media’ मा जानुहोस् र Enable Background Audio वा Background Play अप्सन अन गर्नुहोस्।

यसरी प्रयोगकर्ताले युट्युब प्रिमियम सदस्य नभए पनि ब्याकग्राउन्ड प्लेब्याक सुविधा प्रयोग गर्न सक्ने भएको छ, जसले प्रविधि प्रेमीहरूमा उत्साह र चर्चा दुवै बढाएको छ।

प्रतिक्रिया

Leave a Reply