बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ मा कृषि विकास शाखाको आयोजनामा दुई दिने कौसी खेती तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा २५ जना सहभागीहरूले उत्साहजनक र सक्रिय सहभागिता जनाएका थिए।
तालिमको मुख्य उद्देश्य घरमै सुरक्षित र अर्गानिक उत्पादन बढाउँदै स्थानीय कृषिप्रति जनचेतना र सकारात्मक ऊर्जा प्रवर्द्धन गर्नु रहेको थियो। सहभागीहरूले कौसी खेती सम्बन्धी सही प्रविधि, माटो तयारी, बिजन तयारी र रोग नियन्त्रण जस्ता विषयमा व्यावहारिक ज्ञान प्राप्त गरेका छन्।
तालिमका संयोजकले बताएका अनुसार, “यस तालिमले स्थानीय कृषकहरूलाई अर्गानिक उत्पादनमा आत्मनिर्भर बन्न सहयोग गर्नेछ र गाउँमै स्वस्थ तथा गुणस्तरीय उत्पादन सुनिश्चित गर्ने वातावरण सिर्जना गर्नेछ।”
स्थानीय कृषकहरू पनि तालिमबाट प्राप्त जानकारी प्रयोग गरी आफ्नो कृषि उत्पादनमा सुधार र नविनतम प्रविधि अपनाउने उत्साहमा देखिएका छन्।

प्रतिक्रिया