काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समय चोरीका घटना बढ्दै गएका छन् । विशेषगरी दिनदहाडै हुने चोरीका घटनाले सर्वसाधारणमा असुरक्षा बढाएको छ ।
बिहीबार काठमाडौँ–३ स्थित बाँसबारी क्षेत्रमा दिउँसै चोरी भएको छ । बाँसबारीमा डेरा गरी बस्दै आएकी सीता रावलको कोठाबाट करिब ७ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
काठमाडौँको बाँसबारी क्षेत्रमा दिउँसै चोरी
एक महिलाको कोठाबाट नगद र गरगहना चोरी
चोरी भएको धनमालको मूल्य करिब ७ लाख २० हजार
प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका–२ स्थायी घर भएकी ३६ वर्षीया रावलको कोठामा कोही नभएको मौका छोपेर अज्ञात व्यक्तिले चोरी गरेका हुन् । चोरीमा नगद रकमसहित विभिन्न गरगहना लगिएको बताइएको छ ।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ भने चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य तीव्र पारिएको जनाएको छ । प्रहरीले सीसीटिभी फुटेज संकलन र अन्य प्राविधिक आधारमा अनुसन्धान अगाडि बढाइरहेको जानकारी दिएको छ ।
स्थानीयवासीहरूले बाँसबारीसहित काठमाडौँका विभिन्न क्षेत्रमा चोरीका घटना बढ्दै गएकाले सुरक्षा व्यवस्था थप कडा बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
प्रतिक्रिया