मिथ्या सूचना नियन्त्रणमा आयोग सक्रिय : सामाजिक सञ्जालसँग एमओयू हुँदै मेटा, टिकटकसँग सहकार्य, साइबर ब्युरोको सहयोग पनि लिइँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०८२, आईतवार ०५:५४

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनका क्रममा फैलिने मिथ्या सूचना, भ्रामक सामग्री र हेट स्पिच नियन्त्रण तथा नियमनका लागि सक्रिय रूपमा काम गरिरहेको जनाएको छ।

आयोगकी सदस्य जानकीकुमारी तुलाधरका अनुसार सामाजिक सञ्जाल कम्पनीहरूसँग सम्झौता (एमओयू) गर्ने प्रक्रिया अघि बढाइएको छ। उनले भनिन्, “मिथ्या सूचना, भ्रामक सूचना र हेट स्पिचलाई कसरी नियमन र नियन्त्रण गर्ने भन्ने विषयमा आयोग सदैव सचेत छ। हाल मेटा, टिकटकलगायत सामाजिक सञ्जाल कम्पनीहरूसँग एमओयू गर्ने काम भइरहेको छ।”

तुलाधरका अनुसार फेसबुक, ह्वाट्सएप र टिकटकजस्ता प्लेटफर्ममार्फत फैलिएका गलत सूचना हटाउन सम्बन्धित कम्पनीहरूले सहयोग गरिरहेका छन्। साथै, आयोगले नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय गर्दै कार्य गरिरहेको जानकारी दिइन्।

“उपकरणसहितको साइबर ब्युरोलाई पनि आयोगमै राखिएको छ,” उनले दोहोर्‍याउँदै भनिन्, “मिथ्या सूचना नियमन र नियन्त्रणका लागि आयोग पूर्ण रूपमा सक्रिय छ।”

प्रतिक्रिया

Leave a Reply