जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाएको दाबी गर्ने व्यक्ति पक्राउ आगजनी गर्न उक्साएको आरोप, पाँच दिन म्याद थप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०८२, शुक्रबार ०७:०८

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाएको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार चितवनको खैरहनी नगरपालिका–९ घर भएका ३६ वर्षीय महेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गौतमले सिंहदरबारमा आगजनी गरेको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका थिए। साथै उनले अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साउने किसिमका गतिविधि गरेको आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ। गौतम भीडलाई उत्तेजित बनाउने प्रकृतिका अभिव्यक्ति दिने अपराधमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply