गान्धी आदर्श माध्यामिक विद्यालयले ७२औँ वार्षिक उत्सव सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०८२, बिहीबार ०८:०९

कागेश्वरी। कागेश्वरी मनोहरा नगरपालिका, वडा नं. ९, काडाँघरी स्थित गान्धी आदर्श माध्यामिक विद्यालयले आफ्नो स्थापनाको ७२औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ। बुधबार विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्कीले सम्बोधन गर्दै विद्यालयको शिक्षा, विकास र विद्यार्थीको समग्र प्रगतिमा प्रशंसा व्यक्त गरे।

कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिताहरूको आयोजना गरिएको थियो। नगर प्रमुख कार्कीले भने, “शिक्षा मात्रै होइन, चरित्र निर्माण र सामाजिक उत्तरदायित्वमा विद्यालयले खेलेको भूमिका महत्वपूर्ण छ। यस प्रकारका उत्सवले विद्यार्थीमा सिर्जनात्मकता र नेतृत्व क्षमताको विकासमा मद्दत गर्दछ।”

विद्यालय प्रशासनले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने र स्थानीय समुदायसँग सहकार्यमा शिक्षा कार्यक्रमलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply