गोविन्दासँगको अफेयर चर्चाले बलिउडमा चर्चा कमाउँदै कोमल रानी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०८३, आईतवार ०६:१७

काठमाडौं । नब्बेको दशकका चर्चित बलिउड अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो चलचित्रको कमब्याकभन्दा पनि सह–अभिनेत्री कोमल रानी स्वर्णकारसँगको कथित सम्बन्धका कारण चर्चामा छन्।

गोविन्दा र कोमलबीच बढ्दो निकटताको चर्चा भइरहेका बेला उनीहरूलाई हालै विमानस्थलमा सँगै देखिएको थियो। त्यसपछि दुवैबीच प्रेम सम्बन्ध रहेको हल्लाले बलिउडमा थप चर्चा पाएको हो।

यद्यपि, गोविन्दा र कोमलले आफूहरूबीच प्रेम सम्बन्ध रहेको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि गरेका छैनन्। तर, उनीहरूको नाम जोडिएसँगै कोमल रानीबारे सर्वसाधारण तथा गोविन्दाका प्रशंसकहरूको चासो बढेको छ।

कोमल रानी स्वर्णकार उदीयमान अभिनेत्री हुन्। उनी गोविन्दाको पुनरागमन भनिएको चलचित्र ‘रूपा’ मा मुख्य अभिनेत्रीका रूपमा देखिने बताइएको छ। यही चलचित्रमार्फत कोमलले हिन्दी चलचित्र उद्योगमा प्रवेश गर्न लागेको चर्चा छ।

व्यक्तिगत जीवनका बारेमा विभिन्न रिपोर्टमा कोमल भारतको उत्तर प्रदेशकी निवासी रहेको उल्लेख गरिएको छ। यद्यपि, उनको व्यक्तिगत तथा व्यावसायिक जीवनबारे सार्वजनिक रूपमा धेरै विवरण उपलब्ध छैन।

गोविन्दासँग नाम जोडिएपछि कोमल लगातार सञ्चारमाध्यमको चर्चामा छिन्। ‘रूपा’पछि उनी गोविन्दासँगै अर्को चलचित्र ‘दुनियादारी’ मा समेत देखिने चर्चा भइरहेको छ।

अफेयरको चर्चाबीच गोविन्दा र कोमलको जोडीले पर्दामा कस्तो प्रभाव पार्छ भन्ने कुरा भने चलचित्र प्रदर्शनपछि मात्रै स्पष्ट हुनेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor