३८ करोड कर्जा दुरुपयोग अनुसन्धानमा पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ पनि तानिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०८३, मंगलवार ०८:०५

काठमाडौं । ३८ करोड रुपैयाँ कर्जा दुरुपयोगको अनुसन्धानमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता इन्द्र बानियाँ पनि तानिएका छन्। उनका छोरा र भतिज पक्राउ परेका छन् भने बानियाँविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनका छोरा दीक्षान्त बानियाँलाई गत कात्तिक १७ गते पक्राउ गरेको थियो। त्यसैगरी उनका भतिज ऋषि बानियाँ पनि पक्राउ परेका छन्।

कर्जा दुरुपयोग भएको भनिएका कम्पनीका सञ्चालकमध्ये इन्द्रबहादुर बानियाँ पनि रहेकाले उनलाई पक्राउ गर्न अदालतबाट पुर्जी लिइएको सिआइबीका एक अधिकारीले बताएका छन्। छोरा पक्राउ परेयता भने उनी सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्।

नेपाल राष्ट्र बैंकको पत्रका आधारमा सिआइबीले बानियाँको परिवार र उनीहरूसँग सम्बन्धित कम्पनीमाथि अनुसन्धान थालेको हो। अनुसन्धानका क्रममा भूगर्व सिमेन्ट कम्पनीका नाममा लिइएको कर्जा अन्य कम्पनीमा लगानी गर्न र सेयर खरिदमा प्रयोग गरिएको खुलेको सिआइबी स्रोतले जनाएको छ।

स्रोतका अनुसार चारवटा बैंकबाट लिइएको ३८ करोड रुपैयाँ कर्जा निर्धारित उद्देश्यभन्दा बाहिर खर्च गरिएको थियो। कर्जा चुक्ता गरिसकेको भए पनि उद्देश्यविपरीत रकम प्रयोग गरेको देखिएपछि बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको हो। सर्वोच्च अदालतले पनि कर्जा रकम निर्धारित उद्देश्यभन्दा फरक प्रयोजनमा खर्च गर्नु बैंकिङ कसुर हुने फैसला गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor