बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा “श्रमको सम्मान, राष्ट्रको अभियान” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बेरोजगार, युवा र श्रमिकहरूलाई न्यूनतम मानवीय मर्यादा कायम राख्दै काम र श्रमिकप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ अभिमुखीकरण गरिएको थियो।
कार्यक्रममा सहभागिहरूलाई बेरोजगारी, रोजगार, मर्यादित श्रम, नगरपालिकाका श्रमसम्बन्धी प्रयास र राष्ट्रको अभियान रणनीति–२०७८ सम्बन्धी जानकारी दिइएको थियो। सहभागीहरूको अनुभव सुनी जिज्ञासा समाधान गर्ने प्रयास गरिएको र काम सानो–ठूलो नहुने भएकाले अपमान नगर्ने प्रतिबद्धता जनाइएको छ।
नगरपालिकाभित्रका वडाहरुमा फरक–फरक मितिमा सञ्चालन गरिएको १ दिने कार्यक्रम वडा नं. २ को कार्यक्रममा आज सम्पन्न भएको हो। यससहित सबै १३ वडामा पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ, जसले लक्षित वर्गसम्म कार्यक्रमको पहुँच सुनिश्चित गरेको छ।
प्रतिक्रिया