सिन्धुली मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियारको छापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०८२, बिहीबार ०७:०९

काठमाडौँ।  सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले सोमबार छापा मारेको छ। बर्दिबास शाखाबाट खटिएको टोलीले सिन्धुलीमाढीस्थित पोखरेलको घरमा गएर सोधपुछ पनि गरेको थियो।

अख्तियारले छानबिन गरेको घटना पुरानो सभाहल भत्काउँदा त्यहाँबाट निकालिएको सयौँ क्युफिट काठ हिनामिनासम्बन्धी उजुरीसँग सम्बन्धित छ। नगर प्रहरी ब्यारेक पछाडि राखिएको काठ हिनामिनाबारे अनुसन्धान गर्न अख्तियार टोलीले मेयर पोखरेलसँग सोधपुछ गरेको हो।

अख्तियारका एक अधिकारीका अनुसार घरमा कुनै काठ भेटिएको छैन र अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

Leave a Reply