पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०८२, बिहीबार ०६:४४

काठमाडौँ।  नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। बिहीबार उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार उनलाई क्याबिनमा राखेर उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू अस्पताल पुगेका छन्। ७२ वर्षीय नेपालको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply