काठमाडौँ–४ मा उज्यालो नेपाल पार्टीका जेवि (दिपक) अधिकारी: “जनताको नयाँ आशा, मेहनत र परिणामका साथ सेवामा” फागुन २१ प्रतिनिधिसभा निर्वाचन: शिक्षा, स्वास्थ्य र रोजगारी सुधारका लागि मतदातामा विश्वास जगाउँदै नयाँ अनुहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०८२, बुधबार ०९:०१

काठमाडौँ क्षेत्र नम्बर ४ बाट उज्यालो नेपाल पार्टीका तर्फबाट जेवि (दिपक) अधिकारी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। बुढानीलकण्ठ नगरपालिका–१० का स्थायी बासिन्दा अधिकारी स्थानीय स्तरका समस्यामा अनुभवसहित चुनावी मैदानमा उत्रिएका छन्।

अधिकारले आफ्नो प्रमुख चुनावी एजेण्डा शिक्षा, स्वास्थ्य र रोजगारी विकासलाई तोकेका छन्। लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका उनले बताएका छन् कि आफ्नो क्षेत्रका चुनौतीलाई नजिकबाट भोगेको अनुभवका आधारमा आवश्यकता र प्राथमिकताको अनुसार विकास निर्माणमा योगदान पुर्‍याउनेछन्।

उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘चिम’ रहेको छ। पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य आधार बनाएको छ भने अधिकारी स्वयं समाजसेवा र खेलकुद क्षेत्रमा समेत सक्रिय छन्। उनले मतदातासँग आफ्ना एजेण्डाबारे पर्याप्त छलफल भइसकेको र जनताको विश्वास जित्न तयार रहेको दाबी गरेका छन्।

पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्व र कार्यशैलीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै अधिकारीले भने,

“बेरोजगारी आजको ठूलो समस्या हो, त्यसको समाधानका लागि हाम्रो पार्टीसँग स्पष्ट योजना छ। हामी गफ होइन, काम गरेर परिणाम देखाउँछौं। जनता हामीमाथि ढुक्क रहुन्, मेहनत र निष्ठाका साथ काम गर्नेछौं।”

अधिकारका अनुसार अध्यक्ष घिसिङको कार्यसम्पादन र नेतृत्व क्षमताले मतदाताको विश्वास जित्ने मुख्य आधार बनेको छ। घिसिङ स्वयं काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन्।

उज्यालो नेपाल पार्टीले देशभर १३० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० तथा बुढानीलकण्ठ नगरपालिकाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन्।

अधिकारले मतदातालाई विश्वास दिलाएका छन् कि नयाँ अनुहार, स्पष्ट योजना र कार्यदक्षताको माध्यमबाट उनीहरूले आफ्नो क्षेत्रको समग्र विकास र जनताको अपेक्षालाई पूरा गर्नेछन्। उनले मतदातासँग प्रतिवद्धता व्यक्त गर्दै भने,

“मतदाताले मलाई विश्वास गरे, म ढुक्कसँग उनका लागि काम गर्नेछु। हामीले नयाँ सोच र परिणाममुखी नीति मार्फत जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउनेछौं।”

प्रतिक्रिया

slot gacor