काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-१३, चुनिखेल क्षेत्रमा मंगलबार राति करिब पौने ११ बजे आगलागी भएको छ।
आगलागी सुरु हुनासाथ काठमाण्डौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकल टोलीको सक्रिय हस्तक्षेपमा तीन घण्टापछि आगो नियन्त्रणमा आएको छ। प्रारम्भिक अनुसन्धान अनुसार आगलागी विद्युत सट भएर सुरु भएको अनुमान गरिएको छ।
स्थानीय स्रोतका अनुसार, राति ११ बजे सुरु भएको आगलागीलाई सुरक्षा र दमकल टोलीले लगातार प्रयासपछि बिहान करिब २ बजे नियन्त्रणमा ल्याएको हो। प्रहरी र स्थानीय प्रशासनले आगलागीबाट कुनै जनधनको ठूलो क्षति नभएको बताएको छ, तर थप विवरण र क्षतिको सम्पूर्ण मूल्याङ्कन भइरहेको छ।

प्रतिक्रिया